FAQs Complain Problems

निवर्तमान तथा नवनिर्वाचित जनप्रतिनिधिहरु सहितको फोटो ।

Read More

गाउँपालिकाको ऐतिहासिक छुनमुने जात्रा ।

Read More

झाक्रीस्थान मन्दिर

Read More

मल्लरानी गाउँपालिकाकाे संक्षिप्त परिचय

परिचय
नेपालको मध्य भाग महाभारत श्रीङखलामा शीर भै दक्षिण हुदै बग्ने राप्ती नदीको सहायक नदीहरु झिमरुक,चुजा खोलाको विचमा सुन्दर मल्लरानी डाडाको काखमा मल्लरानी गाउपालिका रहेको छ । लुम्बिनी प्रदेशमा पर्ने यो मल्लरानी  गाउँपालिकामा साबिकका  चुजा,धरमपानी,रस्पुरकोटका  वडा नं ६,७,८ र ९ सम्म,प्यूठान नगरपालिकाका वडा नं. १,२,३,५ र १८ मिलि बनेको छ ।  यो गाउँपालिकाको पूर्ब अर्घाखाचीको भुमिकास्थान न.पा.,मालारानी गा.पा. , दक्षिण प्यूठान न.पा. र एरावती गा.पा. पर्दछ भने पश्चिम प्यूठान न.पा. र उत्तर झिमरुक गा.पा. पर्दछ ।

गा.पा काे हाल प्रकाशित गतिविधिहरू

जनप्रतिनिधि

अध्यक्ष
9857838001
krishnabdrk726@gmail.com
उपाध्यक्ष
9857838002
rames.pyuthan@gmail.com

कार्यालय प्रमुख

प्रमुख प्रशासकीय अधिकृत
9857838003

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- सम्बन्धित वडा अध्यक्ष। वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय। सा.सु भत्ता बुझ्ने व्यक्तिकाे हकमा गा.पा काे कार्यालय ।
सेवा शुल्कः- २०० (३५ दिन भित्र निशुल्क)
आवश्यक कागजातहरुः- १. बसाई सरी आएकाको हकमा बसाई सराई दर्ता अनुसुची फाराम भरी पेश गर्नुपर्ने (बसाइ सराई दर्ता प्रमाणपत्र सहित) । २. सुचकको ना.प्र.प.को सक्कल र प्रतिलिपि । ३. मुलीको ना.प्र.पत्र । ४. घर, जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपी र सो नभएको हकमा बसाइ खुल्ने प्रमाण कागज । ५. बसाईसराई गरी आएकाहरुको नागरिताको प्रतिलिपि, जन्म दर्ता प्रमाण पत्र ।
सेवा प्रकारः- सामाजिक सुरक्षा
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- सम्बन्धित वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्कः
आवश्यक कागजातहरुः- १. सम्बन्धित व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि २. विधवा महिलाको लागि पतिको मृत्युदर्ता, मृतकसँग विवाह दर्ता र मृत्युपछिको नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपि ३. अशक्त अपांगता भएका व्यक्तिहरुको लागि अपांगताको वर्ग खुलेको प्रमाण पत्रको प्रतिलिपि, नागरिकता प्रमाण पत्रको प्रतिलिपि र नावालक भएमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि ४. दलित बालबालिकाको लागि जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि बाबु र आमाको विवाह दर्ता प्रमाण पत्र, नागरिकताको प्रतिलिपि ५. सम्बन्धित व्यक्तिको पासपोर्ट साइजको २÷२ प्रति फोटो ६. बसाइ–सराई गरी आएकोमा बसाई–सराई प्रमाण पत्रको प्रतिलिपि (स्वयं उपस्थित हुनुपर्ने साथै ज्येष्ठ नागरिकको हकमा हरेक वर्षको श्रावण १ गते मंसिर १५ गते भित्र र अन्यको हकमा जुनसुकै बखत आवेदन गर्नसक्ने)
सेवा प्रकारः- व्यवसाय
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- गा.पा प्रमुख प्रशासकिय अधिकृत र राजश्व शाखा प्रमुख
सेवा दिने कार्यालयः- गा.पा
सेवा शुल्कः- अार्थिक एेन बमाेजिम
आवश्यक कागजातहरुः- १ सम्बन्धित व्यक्तिको निवेदन पत्र २.पासपोर्ट साइजको २ प्रति फोटो ३.नागरिकता प्रमाणपत्र र जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि ४.घर÷जमिन बहालमा लिई व्यवसाय गर्ने भए घर÷जमिन बहालमा लिएको सम्झौता पत्रको प्रतिलिपि ५. सम्बन्धी अन्य कार्यालयमा दर्ता भएको प्रमाण पत्र र आयकर दर्ता, प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि, भ्याट सँग सम्बन्धित भए सो को प्रमाण पत्र
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- ७ देखि १० दिन
जिम्मेवार अधिकारीः- गा.पा अध्यक्ष र गा.पा प्राविधिक शाखा
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाकाे कार्यालय
सेवा शुल्कः- अार्थिक एेन बमाेजिम
आवश्यक कागजातहरुः- १. गा.पा. कार्यालयले उपलब्ध गराएको फाराम २. जग्गा धनी दर्ता प्रमाण पूर्जाका प्रतिलिपि ३. ना.प्र.प. को प्रतिलिपि र फोटो २ प्रति ४. नापी शाखाबाट प्रमाणित कित्ता नापी नक्सा (ब्लु प्रिन्ट÷ट्रेस) ५. ईन्जिनियरीङ्ग काउन्सीलमा दर्ता भएका ईन्जिनियरहरुले बनाएको राष्ट्रिय भवन निर्माण आचारसंहिता २०७२अनुसार भवनको नक्सा ६. डिजाइन गर्ने ईन्जिनियरको ईन्जिनियरींङ्ग काउन्सीलमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि ७. नियमानुसार कर तथा मालपोत तिरेको रसिद ८ साँध सधियारको मन्जुरी
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन वा सर्जमिन पश्चात
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रू. ५००
आवश्यक कागजातहरुः- १. कार्यालयले उपलब्ध गराएको निवेदन फाराम २. निवेदकको ना.प्र. पत्रको सक्कल र प्रतिलिपि ३. जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि ४. सम्बन्धित जग्गाको स्पस्ट नापी नक्सा÷ट्रेस ५. चालु आ.ब. को मालपोत तिरेको रसिदको प्रतिलिपि ६. आवश्यक परेमा सर्जमिन मुचुल्का (सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने)
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रू. ३००
आवश्यक कागजातहरुः- १. अनुसूुची अनुसारको निवेदन फाराम २. मृतकका नातेदारहरु (हकदारहरु) को ना.प्र.प.को प्रतिलिपि ३. मृतकको मृत्यु दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि, नावालकको हकमा जन्म दर्ताको प्रमाण पत्रको सक्कल र प्रतिलिपि ४. वडाको किटानी सर्जमिन मुचुल्का ५. मृतकका नातेदारहरु (हकदारहरु)को फोटो २÷२ प्रति ६. मृतक तथा निवेदकहरुको नागरिकता अन्यत्रको भएमा बसाई–सराई दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि ७. मृतकको नातेदारहरु(हकदारहरु) सबै उपस्थित हुनुपर्ने

Pages

जानकारी