मल्लरानी गाउँपालिका प्यूठानको आ.व २०८२/०८३ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम मिति २०८२ साल चैत्र २९ गते वडा नं २ को कार्यालय कुँडारा प्यूठानमा सम्पन्न भयो ।
समाचार
ग्यालरी
मल्लरानी गाउँपालिकाका आधारभूत र माध्यमिक विद्यालयका ICT स्रोत शिक्षकहरूको क्षमता विकास कार्यक्रम मिति २०८३/१/१४ गते देखि सञ्चालन भई २०८३/१/१७ सम्पन्न भएको छ ।
मल्लरानी गाउँपालिका, प्यूठानको प्रशासकीय भवन निर्माण कार्यको औपचारिक शिलन्यास कार्यक्रम मिति २०८३ साल बैशाख २१ गते सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष श्री कृष्ण बहादुर खड्का ज्यू तथा उपाध्यक्ष श्री रमेश कुमार श्रेष्ठ ज्यूबाट संयुक्त रूपमा शिलन्यास गरिएको उक्त कार्यक्रममा जनप्रतिनिधिहरू, कर्मचारीहरू, स्थानीय बुद्धिजीवी तथा सर्वसाधारणको उत्साहजनक उपस्थिति रहेको थियो। यस प्रशासकीय भवन निर्माण पश्चात् गाउँपालिकाबाट प्रदान गरिने सेवा प्रवाह थप व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री हुने अपेक्षा गरिएको छ। साथै, स्थानीय सरकारको संस्थागत क्षमता अभिवृद्धिमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको
यस मल्लरानी गाउँपालिकामा सहायक लेखा अधिकृतका रूपमा कार्यरत रहनुभएका श्री शंकर प्रसाद घिमिरेज्यू सरुवा भई स्वर्गद्धारी नगरपालिका, प्यूठान जानु भएको छ। उहाँको समर्पण, इमानदारी र योगदानको लागि मल्लरानी गाउँपालिका परिवार धन्यवाद ज्ञापन गर्दछ। नयाँ कार्यक्षेत्रमा तपाईँको योगदान उल्लेखनीय बन्ने विश्वासका साथ सफलताका लागि शुभकामना।
मितिः २०८२/०६/०७ गते ।
स्वास्थ्य कार्यालय प्यूठानको आयोजना तथा मल्लरानी गाउँपालिका प्युठानको सहकार्य र BNMT नेपालको प्राविधिक सहयोगमा यहि मिति २०८२ भदौ ५ गतेका दिन मल्लरानी गाउँपालिकाको सभाहलमा गाउँपालिका अध्यक्ष श्री कृष्ण बहादुर खड्काज्युको अध्यक्षता, उपाध्यक्ष श्री रमेश कुमार श्रेष्ठज्युको,आतिथ्यता र स्वास्थ्य शाखा एवं स्वास्थ्य संस्था अन्तर्गत क्षयरोग उपचार केन्द्रबाट कार्यक्रम सम्पर्क स्वास्थ्यकर्मीहरुको सहभागितामा क्षयरोग उपचार केन्द्र तथा समुदायस्तरबाट क्षयरोग अन्त्यकाका लागी रोकथाम तथा शंकाश्पद विरामीको पहिचान, उपचार पद्दती र कार्यान्वयन सम्बन्धी स्वास्थ्यकर्मीहरुको लागि १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन
मल्लरानी गाउँपालिका प्यूठानको आ.ब २०८२/०८३ को नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष श्री कृष्ण बहादुर खड्का ज्यूले मिति २०८२ असार ६ गते र बजेट तथा कार्यक्रम गाउँपालिका उपाध्यक्ष श्री रमेश कुमार श्रेष्ठ ज्यूले मिति २०८२ असार १० गते गाउँसभाको १७ औं अधिवेशनमा प्रस्तुत गर्नुभएको छ ।