FAQs Complain Problems

निवर्तमान तथा नवनिर्वाचित जनप्रतिनिधिहरु सहितको फोटो ।

Read More

गाउँपालिकाको ऐतिहासिक छुनमुने जात्रा ।

Read More

झाक्रीस्थान मन्दिर

Read More

मल्लरानी गाउँपालिकाकाे संक्षिप्त परिचय

परिचय
नेपालको मध्य भाग महाभारत श्रीङखलामा शीर भै दक्षिण हुदै बग्ने राप्ती नदीको सहायक नदीहरु झिमरुक,चुजा खोलाको विचमा सुन्दर मल्लरानी डाडाको काखमा मल्लरानी गाउपालिका रहेको छ । लुम्बिनी प्रदेशमा पर्ने यो मल्लरानी  गाउँपालिकामा साबिकका  चुजा,धरमपानी,रस्पुरकोटका  वडा नं ६,७,८ र ९ सम्म,प्यूठान नगरपालिकाका वडा नं. १,२,३,५ र १८ मिलि बनेको छ ।  यो गाउँपालिकाको पूर्ब अर्घाखाचीको भुमिकास्थान न.पा.,मालारानी गा.पा. , दक्षिण प्यूठान न.पा. र एरावती गा.पा. पर्दछ भने पश्चिम प्यूठान न.पा. र उत्तर झिमरुक गा.पा. पर्दछ ।

गा.पा काे हाल प्रकाशित गतिविधिहरू

जनप्रतिनिधि

अध्यक्ष
9857838001
krishnabdrk726@gmail.com
उपाध्यक्ष
9857838002
rames.pyuthan@gmail.com

कार्यालय प्रमुख

प्रमुख प्रशासकीय अधिकृत
9857838003

सेवाहरु

सेवा प्रकारः- नेपाली नागरीकता प्रमाणपत्र तथा अन्य सिफारीस
सेवा समयः- सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रू.१५०
आवश्यक कागजातहरुः- १. जन्म दर्ताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि १ प्रति । २ जन्म मिति खुलेको शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि। ३. हालसालै खिचेको पासपोर्ट साइजको फोटो ३ प्रति । ४. निवेदकको पिता÷माता÷विवाहित महिलाको लागि पतिको ना.प्र.प.को सक्कल र प्रतिलिपि १÷१ प्रति वा सनाखत गर्ने घर परिवारको अन्य व्यक्ति भएमा निजको ना.प्र. पत्रको प्रतिलिपि ५. विवाहित महिलाको हकमा, निजको बाबु वा माइती तर्फको एकाघरका व्यक्तिको ना.प्र.प.को प्रतिलिपि १ प्रति, जन्म दर्ता प्रमाण पत्र, विवाहदर्ता प्रमाणपत्रको सक्कल र प्रतिलिपि १÷१ प्रति ६. अन्य गा.पा. बाट बसाई सरी आएको व्यक्तिको हकमा बसाई सराई दर्ताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि १ प्रति र बसोबासको प्रमाणितहुने कागजातहरु । ७. निवेदकको पिता÷पतिको मृत्यु भएको अवस्थामा मृत्यु दर्ता प्रमाण पत्र र नाताप्रमाणितको सक्कल र प्रतिलिपि १÷१ प्रति ८. कार्यालयले आवश्यकता अनुसार स्थलगत किटानी सर्जमिन मुचुल्का गर्न सक्ने ।
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रकृया मिलायमा साेहि दिन भित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रू २०० (३५ दिन सम्म निशुल्क)
आवश्यक कागजातहरुः- १. पति पत्नी दुवैले संयुक्त रुपमा सहिछाप गरेको विवाह दर्ता अनुसूची फाराम २. पति पत्नी स्वयं अनिवार्य उपस्थिति हुनु पर्ने ३. पतिको नागरिकताको सक्कल र प्रतिलिपि अनिवार्य पेश गर्नुपर्ने ४. पत्नीको विवाह हुनु अगावै नागरिता बनाएको भए अनिवार्य पेश गर्नुपर्ने ५. पत्नीको नागरिता प्रमाण पत्र नबनाएको भए जन्म दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि । ६. पत्नीकोे पिता वा माइती तर्फको एकाघरको नागरिकता प्रतिलिपि
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रकृया मिलाइ अायकाे खण्डमा
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रू. २०० (३५ दिन भित्र निशुल्क)
आवश्यक कागजातहरुः- १. सूचकले भरी पेश गरेको मृत्यु दर्ता अनुसूची फाराम २. सचकको ना.प्र.प.को सक्कल र प्रतिलिपि ३. मृतकको ना.प्र. पत्रको सक्कल र प्रतिलिपि ४. गा.पा. बाहिरबाट आएको हकमा बसाइसराई दर्ता प्रमाणपत्र सक्कल र प्रतिलिपि ५. अस्पतालमा मृत्यु भएको भए मृत्यु प्रमाण पत्रको प्रतिलिपि
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- सम्बन्धित वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २०० (३५ दिन भित्र अायमा निशुल्क)
आवश्यक कागजातहरुः- 1. सुचकले भरी पेश गरेको जन्म दर्ता अन’स’ची फाराम २. सुचकको ना.प्र.प.को सक्कल र प्रतिलिपि ३. नवजात शिशुको बाबु र आमाको ना.प्र.पत्रको सक्कल र प्रतिलिपि ४. नवजात शिशुको बाबु र आमाको विवाह दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि ५. गा.पा. बाहिरबाट आएको व्यक्तिको हकमा बसाईसराई दर्ताको प्रमाणपत्र को प्रतिलिपि ६. अस्पतालमा जन्म भएको भएमा सो को प्रमाण पत्रको पतिलिपी

Pages

जानकारी