समाचार
मल्लरानी गाउँपालिका, प्यूठानको प्रशासकीय भवन निर्माण कार्यको औपचारिक शिलन्यास कार्यक्रम
मल्लरानी गाउँपालिका, प्यूठानको प्रशासकीय भवन निर्माण कार्यको औपचारिक शिलन्यास कार्यक्रम मिति २०८३ साल बैशाख २१ गते सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष श्री कृष्ण बहादुर खड्का ज्यू तथा उपाध्यक्ष श्री रमेश कुमार श्रेष्ठ ज्यूबाट संयुक्त रूपमा शिलन्यास गरिएको उक्त कार्यक्रममा जनप्रतिनिधिहरू, कर्मचारीहरू, स्थानीय बुद्धिजीवी तथा सर्वसाधारणको उत्साहजनक उपस्थिति रहेको थियो। यस प्रशासकीय भवन निर्माण पश्चात् गाउँपालिकाबाट प्रदान गरिने सेवा प्रवाह थप व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री हुने अपेक्षा गरिएको छ। साथै, स्थानीय सरकारको संस्थागत क्षमता अभिवृद्धिमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।













