समाचार
मल्लरानी गाउँपालिका प्यूठाको आगामी वर्ष २०८०/०८१ को वार्षिक बजेट तथा कार्यक्रम गाउँसभाको १३ औं अधिवेशनको दोश्रो बैठकमा पेश ।
मिति २०८० असार १० गते मल्लरानी गाउँपालिका प्यूठाको आगामी वर्ष २०८०/०८१ को वार्षिक बजेट तथा कार्यक्रम गाउँसभाको १३ औं अधिवेशनको दोश्रो बैठकमा पेश भएको छ। अधिवेशनमा आगामी वर्षको विनियोजन विधयेक, आर्थिक विधयेक र मध्यमकालीन खर्च संरचनाको प्रस्तावना पेश भएको थियो। गाउँसभाको तेश्रो बैठक २०८० असार २९ गते पुनः बस्ने गरी बोलाइएको छ। गाउँसभामा मल्लरानी गाउँपालिका प्यूठानको गत तीन आर्थिक वर्षमा भएको शून्य बेरुजुको समीक्षा साथै गत आ.ब २०७८/०७९ मा शून्य बेरुजु बनाउन महत्वपुर्ण भुमिका खेल्नु भएका गाउँपालिकाका निर्वतमान प्रमूख प्रशासकीय अधिकृत श्री बालकृष्ण थापा, लेखा अधिकृत श्री कमान सिंह के सी, लेखापाल श्री शंकर घिमिरे र कार्यसम्पादनका आधारमा चालु आर्थिक वर्षमा उत्कृष्ट कर्मचारीमा छनोट हुनुभएका गाउँपालिकाका सब इन्जिनियर श्री टेक नारायण पोख्रेल सम्मान पत्र र नगद सहित सम्मानित हुनुभएको थियो ।