समाचार
बजेट तथा कार्यक्रम आ ब २०७९/०८०
मल्लरानी गाउँपालिका प्यूठान को दोश्रो गाउँसभाको प्रथम अधिबेशन मिति २०७९ असार ८ गते मल्लरानी गाउँपालिकाका अध्यक्ष श्री कृष्ण बहादुर खड्का द्वारा प्रस्तुत आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम गाउँसभा समितिबाट सर्वसम्मतले पारित भएको छ । साथै मिति २०७९ असार १० गते आर्थिक वर्ष २०७९/०८० को बजेट गाउँपालिकाका उपाध्यक्ष श्री रमेश कुमार श्रेष्ठ ले सभामा पेश गर्नु भएको छ । साथै आर्थिक विधेयक २०७९, विनियोजन विधेयक २०७९ र आर्थिक वर्ष २०७८/०७९ मा भएका अनुगमन समिति, योजना फरफारक समिति तथा न्यायिक समितिको प्रतिवेदन सभामा पेश भएको छ ।