समाचार
नागरीकता सिफारीस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
रू.१५०
आवश्यक कागजातहरु:
१. जन्म दर्ताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि १ प्रति ।
२ जन्म मिति खुलेको शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि।
३. हालसालै खिचेको पासपोर्ट साइजको फोटो ३ प्रति ।
४. निवेदकको पिता÷माता÷विवाहित महिलाको लागि पतिको ना.प्र.प.को सक्कल र प्रतिलिपि १÷१ प्रति वा सनाखत गर्ने घर परिवारको अन्य व्यक्ति भएमा निजको ना.प्र. पत्रको प्रतिलिपि
५. विवाहित महिलाको हकमा, निजको बाबु वा माइती तर्फको एकाघरका व्यक्तिको ना.प्र.प.को प्रतिलिपि १ प्रति, जन्म दर्ता प्रमाण पत्र, विवाहदर्ता प्रमाणपत्रको सक्कल र प्रतिलिपि १÷१ प्रति
६. अन्य गा.पा. बाट बसाई सरी आएको व्यक्तिको हकमा बसाई सराई दर्ताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि १ प्रति र बसोबासको प्रमाणितहुने कागजातहरु ।
७. निवेदकको पिता÷पतिको मृत्यु भएको अवस्थामा मृत्यु दर्ता प्रमाण पत्र र नाताप्रमाणितको सक्कल र प्रतिलिपि १÷१ प्रति
८. कार्यालयले आवश्यकता अनुसार स्थलगत किटानी सर्जमिन मुचुल्का गर्न सक्ने ।