FAQs Complain Problems

मल्लरानी गाउँपालिकाकाे संक्षिप्त परिचय

परिचय
नेपालको मध्य भाग महाभारत श्रीङखलामा शीर भै दक्षिण हुदै बग्ने राप्ती नदीको सहायक नदीहरु झिमरुक,चुजा खोलाको विचमा सुन्दर मल्लरानी डाडाको काखमा मल्लरानी गाउपालिका रहेको छ । ५ नं प्रदेशमा पर्ने यो मल्लरानी  गाउँपालिकामा साबिकका  चुजा,धरमपानी,रस्पुरकोटका  वडा नं ६,७,८ र ९ सम्म,प्यूठान नगरपालिकाका वडा नं. १,२,३,५ र १८ मिलि बनेको छ ।  यो गाउँपालिकाको पूर्ब अर्घाखाचीको भुमिकास्थान न.पा.,मालारानी गा.पा. , दक्षिण प्यूठान न.पा. र एरावती गा.पा. पर्दछ भने पश्चिम प्यूठान न.पा. र उत्तर झिमरुक गा.पा. पर्दछ ।

भौगोलीक अबस्था
८२०४९ देखि ८३०११ पूर्वी देशान्तर र २८०२ देखि २८०७ अक्षाश बिच अवस्थीत मल्लरानी गाउपालिका करिव ८०.०९ वर्ग कि.मि. क्षत्रफलमा समुन्द्री सतह देखी करिव ४९२ देखी १८८२ मी सम्म फैलिएको छ ।

सामाजिक, सांस्कृतिक र रितिरिबाज 
 १७६८६ जनसंख्या रहेको यो गाउँपालिकामा पनि देशको अन्य क्षेत्रमा जस्तै बहुल, जाति धर्म र संस्कृतिको बस्ति छ । करिव २७% मगर जातिको बसोबास रहेको यो गाउँपालिकामा कामी, दमाई, क्षेत्री, बाहुन, नेवार, सार्की, गुरुङ, घर्ति लगाएतकोे जातिगत मिश्रीत बस्तीहरु छन । जातीय तथा धार्मिक सहिष्णुता र सद्भाब यहाँको विशेषता रही आएको छ । आ­आफ्नो जाती संस्कृति अनुसार हुने बिवाहको अतिरिक्त अन्तर जातिय विवाह  समेत स्वीकार्य छ । छुवाछुत प्रथा पनि हट्दै गएता पनी सामाजिक रुपमा विद्यमान छ । यहाँ बोलीने भाषामा नेपालीका साथै नेवार, समुदायमा मातृभाषा पनि प्रचलनमा छ । हिन्दु धर्मको बाहुल्यता रहेको यस क्षेत्रमा मठ, मन्दिर, शिला, भूमि, वृक्ष र जलमा परमेश्वरको आराधना र पुजा हुन्छ । परम्परादेखी आ­आफ्ना जातीय संस्कृति अनुसार घाटु,सोरठी, वालन, मालसोरी लोप हुनै लागेपनी मारुनी,पन्चेबाजा,सराय,झ्याउरे, चुड्का आदीले अस्तित्व सम्म धान्दैे आएको छ । आधुनिक प्रविधिको प्रयोगले बिगतको संस्कृतिलाई किनारा लगाउने क्रम यो क्षेत्रमा पनि अन्यत्र जस्तै छ ।
चाडपर्बमा साउने सक्रान्ती नागपञ्चमी, जनैपुर्णिमा, कृष्ण जन्माष्टमी, हरीतालीका तिज वडादशै दिपावली (तिहार), माघेसक्रान्ती चैते दशै (रामनवमी) शिवरात्री, नवबर्ष सक्रान्ती बुद्धजयन्ती यस क्षेत्रमा मनाइने जातीगत र सामुहिक चाडपर्व हुन ।
ऐतिहासिक धरोहर तथा सम्पदाको रुपमा झाक्रीस्थान  यस क्षेत्रकै प्रसिद्ध धार्मिक स्थल हो भने शिवालय,देवी कोट श्रद्धा र अस्थाका केन्द्र हुन ।

आर्थिक पक्ष 
यो गाउँपालिकाको प्रमुख पेसा कृषि भएपनि बिस्तारै युवा बैदेशिक रोजगारमा जाने प्रबृत्ति र उत्पादनको तुलनामा लागत बढ्नाले यो पेशा प्रति आकर्षणको सट्टा बिर्कषण बढ्दै छ । स्थानीय उत्पादनले यहाँका बासिन्दालाई मुस्किलले ६ महिना धान्न सक्छ । कृषि उत्पदनमा मकै,  धान, कोदो, गहँु, फापर,तोरी हुन । अन्य बालीमा मास, भटमास, गहत, बोडी, केराउ, आलु, पिडालु, र अदुवा बेसार हुन । फलफुलमा लेकतर्फ सुन्तला, कागती, अमिलो (निबु) र बेसिमा केरा, आप, कटहर, मेवा, अम्बा, नासपती, लिचि आदी हुन यी मध्य सवै जसो निर्वाहमुखी छन । घरायसी प्रयोगका लागी सिमित हुन्छ । यहाँ उत्पादित वस्तु मध्ये मुख्य रुपमा अदुवा, बोडी, भट्टमास, सुन्तला, पिडालु, बेसारका साथै स्थानीय जातका खसी, कुखुरा, घ्यू उत्पादन भएपनी औद्योगिक उत्पादनका लागी पूर्बाधार विकासमा जोडदिन पर्नेछ ।
यहाको मुख्य आयआर्जन माथि उल्लेखित कृषि जन्य बस्तु अमृसो बाट बनेका बस्तु,दालचिनीको पात तथा बोक्रा र सल्लोको खोटो निर्यातका साथै देश र विदेशमा रोजगारका लागी जाने युवाहरुको कमाई मुख्य स्रोत हो । खाद्य लगायत लत्ता, कपडा र निर्माण सामाग्री आपूर्तिका लागी रेमिटान्सले धानेको छ । त्यसैले बैदेशिक रोजगारबाट आउने रकम नै जिवन धान्ने साहारा बनेको छ ।

 शिक्षा र रोजगार
यस क्षेत्रमा शैक्षिक गती विधी धरै पहिले देखीनै औपचारिक,अनौपचारिक रुपमा संचालनमा रहेपनी प्राविधिक शिक्षाको अभावमा शैक्षिक बेरोजगारीको दर ज्यादै उच्च रहेको छ । रोजगारकालागी स्थानीय स्तरमा  उपयुक्त बातावरण नहुनाले देश बमहिर अन्य क्षेत्रमा भारत लगायत मलेसिया, जापान, अष्ट्रेलिया, अरबी मुलुक साथै यूरोप र अमेरिकामा समेत जाने क्रम जारी छ । यसरी रोजगारमा जाने मध्ये सुरुमा ब्रिटिस र भारतीय सेनामा सिमित भएकोमा पछिल्ला दिनमा बहुराष्ट्रिय कम्पनी र घरेलु कार्यमा पनि जाने चलन छ । शिक्षा र रोजगारका लागी बिदेश जाने क्रम बढ्दो रुपमा छ ।यस कारणले गर्दा शिक्षालाई अगाडी बढाउनको निम्ती र थप शसक्त र मुर्त रुप दिनको लागी शिक्षा क्षेत्रमा १५ प्रतिशत रकम छुट्याई शैक्षीक तथा भौतीक कार्यमा लगानी गरिएको छ ।
 

गा.पा काे हाल प्रकाशित गतिविधिहरू